नेलपलिसको गन्ध आएपछि धनगढी उड्न लागेको श्री एयरको विमान धावनमार्गबाटै फर्काइयो
विमानभित्र इन्धनको गन्ध आएको र प्राविधिक परीक्षणका लागि फर्काइएको एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले बताए।1683521779.jpg)
काठमाडौं, जेठ २० : काठमाडौंबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’मा फर्काइएको छ।
‘धावनमार्गमा गुडिसकेको विमान नेलपलिसको गन्ध आएपछि पार्किङ वेमा ल्याइयो। नेलपलिसको गन्धका कारण विमान फर्काइएको हल्ला चल्यो छ । विमानको प्राविधिक परीक्षणपछि उडाउने भनिएको छ,’ एक यात्रीले भने।
यात्रीलाई यात्री ओसार्न प्रयोग हुने बसमा राखिएको छ। विमानको ८ः२५ बजेको उडान तालिका थियो।
विमानभित्र इन्धनको गन्ध आएको र प्राविधिक परीक्षणका लागि फर्काइएको एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले बताए। अर्को विमानबाट यात्रीलाई गन्तव्यतर्फ पठाउने तयारी भइरहेको उनले बताए।
प्रकाशित मिति: ११:४१ बजे, आइतबार, जेठ २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












