Kathmandu Press

बजेटमा व्यापक छलफल गर्न अध्यक्ष ओलीको निर्देशन

‘बजेटलाई हामी पूर्णरूपेण समर्थन गर्दै त्यसलाई पारित गर्नेछौं। यसको अर्थ बजेटका कमीकमजोरी नऔँल्याउने भन्ने होइन,’ ओलीले भने।
बजेटमा व्यापक छलफल गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौं, जेठ १९ : नेपाल एमालेका अध्यक्ष केपी ओलीले आगामी आर्थिक वर्षको बजेटमा केही कमीकमजोरी भए पनि त्यसमा व्यापक छलफल गरेर  पारित गर्नुपर्ने बताए।

नयाँ बानेश्वरस्थित संसद् भवनमा आज भएको संसदीय दलको बैठकमा उनले बजेटमा सघन छलफल गरेर त्यसलाई पारित गर्नुपर्ने बताए।

Hardik ivf

‘बजेटलाई  हामी पूर्णरूपेण समर्थन गर्दै त्यसलाई पारित गर्नेछौं। यसको अर्थ बजेटका कमीकमजोरी नऔँल्याउने भन्ने होइन,’ ओलीले भने।

अध्यक्ष ओलीले आफ्नो क्षेत्रका आयोजनाका निम्ति विनियोजित रकम तथा  प्रस्तावित आयोजना बजेटमा समावेश भएनभएको निर्क्योल गर्न आफ्नो दलका सांसदहरूलाई सुझाव र्दि। उनले सरकारमा सहभागी दलसँग परामर्श गरेर सदनमा बजेट पेस भएको बताए।

बैठकमा पार्टी उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटका सबल र दुर्बल पक्षको समीक्षा गरेका थिए।

प्रकाशित मिति: १८:१३ बजे, शनिबार, जेठ १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्