‘मनसुन सिक्किम आइसक्यो, केही दिनम पूर्वबाट नोपल भित्रिन्छ’
‘नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ,’ विभागको बुलेटिनमा भनिएको छ।
काठमाडौं, जेठ १९ : जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बंगलादेश, भुटान हुँदै भारतको सिक्किम सम्म आइपुगेको जनाएको छ।
‘नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ,’ विभागको बुलेटिनमा भनिएको छ।
यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने विभागले जनाएको छ।
प्रकाशित मिति: १७:४६ बजे, शनिबार, जेठ १९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार