यार्सा टिप्न गएका दुई जनाको लेक लागेर मृत्यु, एकको अवस्था गम्भीर
उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मुगु, जेठ १९ : यार्सागुम्बा टिप्न गएका दुई जनाको लेक लागेर मृत्यु भएको छ।
पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।
लेक लागेर सिकिस्त बिरामी भएका कम्फा गाउँका राजबहादुर सावतलाई उपचारका निम्ति मुगुपाटनबाट मुगुगाउँतर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ।
गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो।
मुगुका २४ भन्दाबढी क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगुमकार्मारोङ्ग गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको हो।
प्रकाशित मिति: १७:४० बजे, शनिबार, जेठ १९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












