Kathmandu Press

संगठनलाई कमजोर बनाएर पार्टी मजबुत हुँदैन : एनपी साउद

‘बहुमत प्राप्त पार्टी बन्ने भन्ने कुरा एक्लिएर बन्न सकिदैन,’ उनले भने, ‘पार्टीहरुलाई समेटेर आफ्नो जनाधारलाई मजबुत गरेर मात्रै सबैभन्दा ठूलो पार्टी बन्न सकिन्छ,’ उनले भने।
संगठनलाई कमजोर बनाएर पार्टी मजबुत हुँदैन : एनपी साउद

सुर्खेत, जेठ १९ : पूर्वमन्त्री एवम नेपाली कांग्रेसका नेता एनपी साउदले संगठनलाई कमजोर बनाएर पार्टी मजबुत हुन नसक्ने बताएका छन्।

कांग्रेस सुर्खेतले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले संगठनलाई एकढिक्का बनाएर मात्रै पार्टी मजबुत हुने बताएका हुन्।

Hardik ivf

अर्कालाई गाली गरेर, अर्कामाथि आक्रमण गरेर, आफ्नो संगठन कमजोर बनाएर, संगठनमा विभाजन ल्याएर पार्टी मजबुत हुन सक्दैन,’ साउदले भने। उनले अन्य पार्टीहरुलाई समेट्दै आफ्नो जनाधार बलियो बनाएर मात्रै ठूलो पार्टी बन्न सकिने बताए।

‘बहुमत प्राप्त पार्टी बन्ने भन्ने कुरा एक्लिएर बन्न सकिदैन,’ उनले भने, ‘पार्टीहरुलाई समेटेर आफ्नो जनाधारलाई मजबुत गरेर मात्रै सबैभन्दा ठूलो पार्टी बन्न सकिन्छ,’ उनले भने।

नेपालको संवैधानिक संरचनाले कुनैपनि एक दललाई बहुमत ल्याउने सुविधा नदिएको साउदले बताए।

‘कुनै विशेष परिस्थितिभन्दा बाहेक एउटै पार्टीले बहुमत ल्याउने सुविधा सविधानको संरचनाले दिएको छैन,’ उनले भने, ‘त्यो सुविधा नदिने भएकाले भोलिको दिनमा हाम्रो संसदमा हंक पार्लियामेन्ट (त्रिशंकु सदन), एकै दलको बहुमत नभएको संसद गठन हुने व्यापक सम्भावना रहन्छ।’

संविधानले नै फरक–फरक विचार भएका दलहरु एकै ठाउँमा सँगसँगै काम गर्ने कुराको परिकल्पना गरेको नेता साउदको भनाइ छ।

प्रकाशित मिति: १७:१७ बजे, शनिबार, जेठ १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्