भारतमा अन्तिम चरणको मतदान जारी
शनिबारबिहार, हिमांचल, झारखण्ड, ओडिशा, पञ्जाब, उत्तर प्रदेश, पश्चिम बंगाल, चंडीगढ़ गरेर ८ राज्यका ५७ सिटका लागि मतदान भइरहेको छ।नयाँ दिल्ली, जेठ १९ : भारतमा लोकसभाको सातौं चरणको मतदान भइरहेको छ।
लोकसभाको अन्तिम अर्थात् सातौ चरणको मतदान अन्तर्गत ८ राज्यका ५७ सिटका लागि मतदान हुन भइरहेको हो।
शनिबारबिहार, हिमांचल, झारखण्ड, ओडिशा, पञ्जाब, उत्तर प्रदेश, पश्चिम बंगाल, चंडीगढ गरेर ८ राज्यका ५७ सिटका लागि मतदान भइरहेको छ।
यसअघि छैठौं चरणमा ७ राज्यका ५७ सिटका लागि नयाँ दिल्ली, बिहार, हरियाणा, झारखण्ड, ओडिशा, उत्तर प्रदेश र पश्चिम बंगालमा मतदान भएको थियो।
भारतमा पहिलो चरणमा २१ राज्यका १०२ संसदीय सिट, दोस्रो चरणमा १३ राज्यका ८९, तेस्रो चरणमा १२ राज्यको ९४, चौथो चरणमा १० राज्यका ९६ सिट र पाँचौ चरणमा आठ राज्यका ४९ सिटका लागि मतदान भएको थियो।
अप्रिल १९, २६, मे ७, १३, २० र २५ तारिखमा गरेर भारतमा यसअघि छैठौ चरणको चुनाव सकिएको हो।
पहिलो चरणदेखि सातौं चरणसम्मका मतदान सम्पन्न भएपछि एकसाथ जुन ४ तारिखदेखि मतगणना सुरु हुनेछ।