Kathmandu Press

लुम्बिनी र बुद्धलाई विश्वमा चिनाउने अभियान, लण्डनको वुलिचलाई स्वयम्भु जस्तै सिंगारिने  

२०१६ देखि निरन्तर बुद्ध जयन्ती को अवसरमा कार्यक्रम गर्दै आएको फाउन्डेसनले यस बर्ष अझ भव्य कार्यक्रमको आयोजना गरेको फाउन्डेसनका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए ।
लुम्बिनी र बुद्धलाई विश्वमा चिनाउने अभियान, लण्डनको वुलिचलाई स्वयम्भु जस्तै सिंगारिने  

काठमाडौं, जेठ १९ : २५६८ औं बुद्ध जयन्तीको अवसर पारेर लण्डनमा बुद्ध जयन्ती २०२४ को भव्य तयारी गरिएको छ । लामो समयदेखि बुद्धको देश नेपाल चिनाउने अभियानमा सक्रिय बुद्व फाउन्डेसन युकेको आयोजनामा आगामी जुन २ मा लण्डनको वुलिचमा उक्त कार्यक्रम हुन लागेको हो । 

२०१६ देखि निरन्तर बुद्ध जयन्ती को अवसरमा कार्यक्रम गर्दै आएको फाउन्डेसनले यस बर्ष अझ भव्य कार्यक्रमको आयोजना गरेको फाउन्डेसनका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए ।

Hardik ivf

लण्डनस्थित नेपाली राजदुतावास र नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रममा बेलायतका दर्जनौ संघ संस्थाले आर्थिक सहयोग गरेका छन् । बुद्ध नेपालमा जन्मेका हैनन् भनेर भ्रम  फैलिएको र लुम्बिनी नेपालमा नभई भारतमा पर्ने भनेर प्रचार गरिएकोले अन्तर्राष्टिय स्तरमा बुद्धको देश भनेर चिनाउनकै लागि कार्यक्रमको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए । 

लुम्बिनीको मात्र नभई पशुपतिनाथ मन्दिर, जानकी मन्दिर, सगरमाथा, पोखरा र मुस्ताङ सहित देशभरका महत्वपूर्ण पर्यटकीय गन्तब्य जसमा नेपालको गौरव गासिएको छ त्यस्ता पर्यटकीय स्थलको बारेमा जानकारी दिने कार्यक्रमको उद्देश्य रहेको छ । यसका साथै नेपालको संस्कृती झल्कने भेषभुषा, बुद्धका उपदेश, उनका किताबहरु, उनीसँग सम्बन्धित गीत, संगीतको प्रस्तुत गरेर विश्वभर बुद्धका बारेमा जानकारी गराउने आयोजकको भनाइ छ । कार्यक्रममा बालबालिकालाई बुद्व र लुम्बिनीको चित्र बनाउने प्रतिस्पर्धा समेत गराईने छ । 

कार्यक्रमका लागि लण्डको वुलिचलाई काठमाडौंको स्वयम्भुको झल्को आउने गरी सिंगारिने तयारी गरिएको आयोजकले बताएको छ । कार्यक्रममा बिभिन्न देशका राजदुत तथा कुटनितिज्ञलाई आमन्त्रण गरिएको छ । 

प्रकाशित मिति: ०७:१६ बजे, शनिबार, जेठ १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्