‘लोकतान्त्रिक गणतन्त्रको राम्रो पक्ष सबैलाई बुझाउन आवश्यक’
‘लोकतान्त्रिक गणतन्त्रको स्थायित्व हाम्रो जिम्मेवारी हो। नेपाली कांग्रेस मात्र यसको खतरा पहिचान गरेर अगाडि बढ्न सक्छ । कसैले लोकतान्त्रिक गणतन्त्र समाप्त पार्न सक्दैन,’ उनले भने।
चितवन, जेठ १९ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतान्त्रिक गणतन्त्रको राम्रो पक्ष सबैलाई बुझाउन आवश्यक रहेको बताएका छन्।
चितवनको मंगलपुरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान चितवनले आयोजना गरेको ‘लोकतान्त्रिक गणतन्त्रको स्थायित्वमा देखिएका चुनौती र समाधानका उपायहरु विषयक’ प्रवचन कार्यक्रममा उनले लोकतान्त्रिक गणतन्त्रको रक्षा र स्थायित्वको लागि भावी पुस्ताहरुमा विश्वास र आस्था जगाउँदै यसका राम्रा पक्षहरुबारे जनचेतना जगाउन अभियान चलाउनुपर्ने आजको आवश्यकता भएको बताए।
‘लोकतान्त्रिक गणतन्त्रको स्थायित्व हाम्रो जिम्मेवारी हो। नेपाली कांग्रेस मात्र यसको खतरा पहिचान गरेर अगाडि बढ्न सक्छ । कसैले लोकतान्त्रिक गणतन्त्र समाप्त पार्न सक्दैन,’ उनले भने।
उनले जुनसुकै पक्षहरुमा चुनौती र बाधाहरु आउने हुँदा यसको निराकरण गरेर अगाडि बढ्नुपर्ने बताए। लोकतन्त्रवादीले यसको पक्षमा अभियान चलाउन र नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने उनले बताए।
संघीय लोकतान्त्रिक गणतान्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउनु अहिलेको आवश्यकता भएको उनले उल्लेख गरे। उनले भने, ‘जुन देशमा निर्वाचन प्रणाली छैन त्यहाँका जनता सार्वभौम हुन सक्दैनन्, सार्वभौम जनताको हितमा काम गर्ने लोकतान्त्रिक गणतन्त्र हाम्रो देशमा छ, यहाँ निर्वाचन प्रणाली छ।’
नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली चुनौतीमा रहेकाले यसको समाधानका लागि लोकतन्त्रवादीले पहिला आफैँले बुझेर मात्रै अरुलाई यसबारे बुझाउनु पर्ने उनले बताए। उनले भने, ‘जो यो प्रणालीमा विश्वास गर्दैनन्, तिनिहरुसँग प्रतिस्पर्धा गर्न अगाडि बढ्नुपर्छ।’




-1782047316.jpg)




![रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_6837dea6-1782110104.jpg)


