‘गणतन्त्र प्राप्तिपछि मुलुक आर्थिक समृद्धिको बाटोमा गयो’
-1717165397.jpg)
काठमाडौं, जेठ १८ : राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गणतन्त्र प्राप्तिपछि मुलुक आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको बताएका छन्।
गणतन्त्र दिवस–२०८१ का अवसर पारेर राष्ट्रिय समाचार समितिले आयोजना गरेको फोटो प्रदर्शनीको अवलोकन गरेपछि उनले गणतन्त्रपछि आर्थिक समृद्धिलगायत कामलाई प्रदर्शित तस्बिरले चित्रण गरेको उल्लेख गरे।
‘गणतन्त्र प्राप्तिपछिको अवधिका उपलब्धि हेर्दा नेपालमा यो व्यवस्थामा काम भएन, आर्थिक समृद्धिले गति लिएन भन्ने भाष्यलाई राससमा प्रदर्शित तस्बिरले चिरेको छ,’ सभापति खतिवडाले भने, ‘हामी नेतृत्व वर्गमा रहेका राजनीतिज्ञहरु भाषण गर्न र जनतासँग जान मात्रै खुसी हुनेहरुका लागि एउटा फोटोले कति महत्वपूर्ण काम गर्दोरहेछ भन्ने प्रदर्शित तस्बिरले प्रमाणि गरेको छ।’
उनले अहिलेको व्यवस्थामा सेनादेखि अन्य ठाउँमा महिलाको उल्लेख्य सहभागिता भएको तस्बिरमा नेपालको सबैभन्दा अग्लो ठाउँमा नेपाल टेलिकमको चौथो पुस्ताको सेवा ‘फोरजी’ पुगेको र ठूला पूर्वाधारका आयोजना सम्पन्न भएको तस्बिर प्रदर्शनीले झल्काएको बताए।
जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पूँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्र समेतका सहायतामा निर्मित एवं निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनाका तस्बिर समावेश छन्।




-1782047316.jpg)




![रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_6837dea6-1782110104.jpg)


