Kathmandu Press

आन्तरिक उडान पनि ३ बैशाखसम्म रोकियो 

काठमाडौं, चैत १८ : नेपाल नागरिक उड्डयान प्राधिकरणले परिपत्र गर्दै आन्तरिक उडान पनि वैशाख ३ गतेसम्म बन्द हुने जनाएको छ। आन्तरिक र बाह्य उडान ३ वैशाखसम्....

आन्तरिक उडान पनि ३ बैशाखसम्म रोकियो 

काठमाडौं, चैत १८ : नेपाल नागरिक उड्डयान प्राधिकरणले परिपत्र गर्दै आन्तरिक उडान पनि वैशाख ३ गतेसम्म बन्द हुने जनाएको छ। आन्तरिक र बाह्य उडान ३ वैशाखसम्म बन्द हुने भएको हो। 

सरकारले आगामी २५ गतेसम्म लकडाउन गरेपनि हवाई कम्पनीले भने ३ वैशाखसम्म उडान गर्न पाउने छैनन्।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले उच्चस्तरीय समितिको निर्णयकै आधारमा प्राधिकरण हवाई कम्पनीहरुलाई परिपत्र गरिएको जानकारी दिए।

यस अविधमा आकस्मिक, चार्टर्ड , मेडिकल फ्लाइट, एयर एम्बुलेन्स तथा आकस्मिक अन्य उडान भने हुनेछन् ।

प्रकाशित मिति: १९:२८ बजे, मंगलबार, चैत १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्