Kathmandu Press

सामाजिक चेतनाको दृष्टिकोणले पछाडी पर्दा कानून कार्यान्वयनमा चुनौती : मन्त्री शर्मा

उनले राजनीतिक चेतनाका दृष्टिकोणले अगाडि बढेपनि सामाजिक चेतनाका दृष्टिकोणले पछाडि परेको भन्दै यही कारणले लेखेका कुराहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताइन्।
सामाजिक चेतनाको दृष्टिकोणले पछाडी पर्दा कानून कार्यान्वयनमा चुनौती : मन्त्री शर्मा

काठमाडौं, जेठ १८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चारसँग सम्बन्धीत विधेयकमा समावेशीताको विषयलाई जबरजस्त ढङ्गले उठाउने बताएकी छन्।

शुक्रबार राजधानीमा आयोजित ‘आमसञ्चार र समावेशी सवाल’ सम्बन्धी अन्तरसंवादमा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले आम सञ्चारसँग सम्बन्धीत कानूनहरु धेरै पुराना भएको भन्दै अबको कानूनमा समावेशिताको कुरालाई कडाइ पूर्वक कार्यान्वयन गर्नुपर्ने बताइन्।
   
‘आम सञ्चारसँग सम्बन्धीत कानून धेरै पुराना छन् हाम्रो चलचित्र ऐन हेर्ने हो भने २०२६ सालको छ। हाम्रो प्रेस काउन्सिल सम्बन्धी कानून जुन बेला प्रेस भनेर पत्रिका, छापाखाना चिन्थ्यौं, त्यो बेलाको प्रेस काउन्सिल छ त्यसले के समावेशिताको कल्पना गर्ने, त्यसकारणले गर्दा अहिले हामी कानून बनाउँदै छौं,’ उनले भनिन्।

Hardik ivf

उनले कानून बनाउँदा समावेशिताको कुरालाई जबरजस्त ढङ्गले राख्नुपर्ने र त्यसको कडाइ पूर्वक कार्यान्वयन गर्नुपर्ने बताइन्।

यस्तै, उनले राजनीतिक चेतनाका दृष्टिकोणले अगाडि बढेपनि सामाजिक चेतनाका दृष्टिकोणले पछाडि परेको भन्दै यही कारणले लेखेका कुराहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताइन्।

राजनीतिक उपलब्धी, परिवर्तनका लागि भएका प्रयास र प्राप्त संविधानले बनाएका कानून सबैको विषयलाई केन्द्रविन्दुमा राखेर समिक्षा गर्दा धेरै उपलब्धिहरु प्राप्त भएको उनको भनाइ छ ।

प्रकाशित मिति: १९:२३ बजे, शुक्रबार, जेठ १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्