स्वच्छ पानी पिउने अधिकारको संरक्षण गर्नुपर्छ : खानेपानीमन्त्री राई
त्यसका लागि नीति बनाई तीन तहको सरकारबाट अलग अलग नभएर संयुक्त रुपमा एउटै योजना सञ्चालन गर्नुपर्ने जरुरी रहेको उनको धारणा थियो।
मोरङ, जेठ १८ : खानेपानीमन्त्री राजेन्द्रकुमार राईले तीन तहको सरकारले जनतालाई स्वच्छ पानी पिउन पाउने अधिकारको संरक्षण गर्नुपर्ने बताएका छन्।
मोरङको टंकीसिनवारी खानेपानी तथा सरसफाइ सामुदायिक संस्था बूढीगङ्गा–३ नेमुवामा निर्मित खानेपानी आयोजनाको उद्घाटन गर्दै उनले संविधान र कानुनमा भएको व्यवस्थाअनुसार पिउनेपानीको समस्या हल गर्दै जाने बताए।
त्यसका लागि नीति बनाई तीन तहको सरकारबाट अलग अलग नभएर संयुक्त रुपमा एउटै योजना सञ्चालन गर्नुपर्ने जरुरी रहेको उनको धारणा थियो।
उाले बजेट निर्माणको क्रममा विकासमा पहिलो प्राथमिकता खानेपानीलाई दिनुपर्ने चर्चा गर्दै प्रदेश र संघले निर्माण गरिरहेका योजना सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गरिएको जानकारी दिए।
प्रकाशित मिति: १८:२० बजे, शुक्रबार, जेठ १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1782047316.jpg)




![रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_6837dea6-1782110104.jpg)


