सिंहदरबारमा सत्तारुढ दलका तीन शीर्ष नेताबीच भेटवार्ता
सिंहदरबारमा भएको तीन नेताबीचको उक्त भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ। भेटवार्तामा समसामयिक राजनीतिका विषयमा छलफल भएको जनाइएको छ।
काठमाडौं, जेठ १८ : प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार सिंहदरबारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सत्ता गठवन्धनका तीन नेताबीच भेट भएको हो। सिंहदरबारमा भएको तीन नेताबीचको उक्त भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ। भेटवार्तामा समसामयिक राजनीतिका विषयमा छलफल भएको जनाइएको छ।
सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बुढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न गएको बिषयमा समेत छलफल भएको जनाइएको छ।
प्रकाशित मिति: १७:२९ बजे, शुक्रबार, जेठ १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1782047316.jpg)




![रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_6837dea6-1782110104.jpg)


