मुगुको सोरु गाउँपलिका प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
काठमाडौं, जेठ १८ : मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्ल, इन्जिनियर, वडाध्यक्षसहित ८ जनाविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले सोरु गाउँपालिका वडा नं. ७ मा निर्माण भइरहेको दाक्च–ख्याल्च सडक आयोजनाको नापी किताबमा गलत विवरण र कार्यसम्पन्न प्रतिवदेन बनाइ बढी रकम भुक्तानी लिएको दाबी अभियोगपत्रमा गरेको छ।
अभियोगपत्रमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मल्ल, इन्जिनियर प्रकाश आचार्य, असिस्टेन्ट सव–इन्जिनियर बिक्रम बुढा, सडक निर्माण श्रम समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामीलाई प्रतिवादी बनाइएको छ।
यस्तै, सचिव केवल बुढा, अनुगमन समिति संयोजक दलवीर सार्की र सोरु वडानम्बर–७ तत्कालीन वडाध्यक्ष राजेन्द्र बुमीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप सजायका लागि प्रतिबादी बनाइएको छ।
१३ लाख ७२ बहत्तर हजार ३ सय ४० रुपैयाँ पैतालीस रुपैयाँ पैसा बिगो कामय गरी सोही अनुसार कैद र जरिवाना माग गरिएको छ।












![रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_6837dea6-1782110104.jpg)