Kathmandu Press

बजेटका सकरात्मक विषयलाई प्राथमिकता दिन निर्देशन

‘बजेटको सिमितता त छ तर पनि अर्थ चलायमान र गतिशिल बनाउँदै यसले एउटा ठोस विषयवस्तु लिन्छ । अर्थमन्त्रीले यसको बारेमा विश्लेषण गर्नुभएको छ,’ उनले भने, ‘त्यसैले बजेट अहिलेको सापेक्षता, देशको अर्थ व्यवस्था, राजनीतिक अवस्था र समीकरणका साथ अगाडि बढी रहेका छौं।’
बजेटका सकरात्मक विषयलाई प्राथमिकता दिन निर्देशन

काठमाडौं, जेठ १८ : बजेट छलफलमा प्रस्तुत हुँदा बजेटको सकारात्मक विषयवस्तुलाई प्राथमिकता दिने हिसाबले प्रस्तुत हुन प्रधानमन्त्रीले सबैलाई निर्देशित गरेका छन्।

शुक्रबार संघीय संसदीय दलको बैठकमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन्।

Hardik ivf

‘सबै हिसाबले यो बजेट सन्तुलित छ, सही दिशा समातेको छ यसले अब । यसलाई कार्यान्वयनको लागि अलिकति जोड गरेर जानुपर्छ भन्ने सबैको सुझाव आयो,’ उनले भने, ‘त्यही रुपमा बजेट छलफलमा प्रस्तुत हुँदा पनि बजेटको सकारात्मक विषयवस्तुलाई हाइलाइट गर्ने गरेर सदनमा सहभागी हुनको लागि प्रधानमन्त्रीले निर्देशित गर्नु भएको छ।’

उनले बजेटको सीमा भएपनि अर्थ चलायमान र गतिशिल बनाउँदै यसले एउटा ठोस रुप लिने विश्वास लिएको पनि बताए।  

‘बजेटको सिमितता त छ तर पनि अर्थ चलायमान र गतिशिल बनाउँदै यसले एउटा ठोस विषयवस्तु लिन्छ । अर्थमन्त्रीले यसको बारेमा विश्लेषण गर्नुभएको छ,’ उनले भने, ‘त्यसैले बजेट अहिलेको सापेक्षता, देशको अर्थ व्यवस्था, राजनीतिक अवस्था र समीकरणका साथ अगाडि बढी रहेका छौं।’

सीमितका कामहरु अगाडि बढाउने, २० गतेबाट लगातार बजेट उपरको छलफल गर्ने र विधेयकको काममा पनि तिव्रताका साथ जाने भन्ने निर्णय पनि भएको छ।

प्रकाशित मिति: १६:०५ बजे, शुक्रबार, जेठ १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्