Kathmandu Press

सडक विभागले काटेको पत्र गैरकानुनी छ, कारबाहीमा जान्छौं : मेयर बालेन

‘सडक विभागले गरेको काम गैरकानुनी छ, महानगरपालिका कारबाहीमा जान्छ,’ साहले भने। न्यूरोड क्षेत्र सडक विभागको कार्याक्षेत्रभित्र नपर्ने दाबी समेत साहको थियो ।
सडक विभागले काटेको पत्र गैरकानुनी छ, कारबाहीमा जान्छौं : मेयर बालेन

काठमाडौं, जेठ १८ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले न्युरोडको सडक विस्तारको काममा सडक विभागले काटेको पत्र ‘गैरकानुनी’ रहेको बताउँदै यसविरुद्ध कारबाही प्रक्रियामा जाने बताएका छन्।

काठमाडौं महानगरको ३२ औँ नगर कार्यपालिकाको बैठकमा शुक्रबार बोल्नेक्रममा साहले उक्त भनाई राखेका हुन्।

Hardik ivf

वडा नम्बर २२ का वडाध्यक्ष चिनकाजी महर्जनले न्युरोडको सडक विस्तारबारे सोधेको प्रश्नमा साहले विभागविरुद्ध अदालत जाने बताएका हुन्।

‘सडक विभागले गरेको काम गैरकानुनी छ, महानगरपालिका कारबाहीमा जान्छ,’ साहले भने। न्यूरोड क्षेत्र सडक विभागको कार्याक्षेत्रभित्र नपर्ने दाबी समेत साहको थियो ।

प्रकाशित मिति: १५:५६ बजे, शुक्रबार, जेठ १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्