Kathmandu Press

दिल्ली लागे कांग्रेस नेता प्रकाशमान सिंह

पार्टीका पूर्वमहामन्त्री समेत रहेका सिंह मधुमेह र उच्च रक्तचाप समस्याबाट पनि पीडित थिए। तर नियमित शारीरिक अभ्यासमार्फत उनले मोटोपन घटाएका थिए।
दिल्ली लागे कांग्रेस नेता प्रकाशमान सिंह

काठमाडौं, जेठ १८ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह अस्वस्थ्य भएका छन्। उनी स्वास्थ्य उपचारका लागि शुक्रबार दिल्ली उडेका छन्।

कांग्रेस नेतृ एवम श्रीमती सिर्जना सिंह र छोरासहित प्रकाशनमान दिल्ली गएका हुन्।

‘उहाँलाई प्रोष्टेटको समस्या थियो। नेपालमा बसेर उपचार गरिरहनु भएको थियो तर डाक्टरहरुकै सिफारिसमा दिल्लीमा शल्यक्रियाको प्रविधि राम्रो भएकाले त्यता जानुभएको हो,’ कांग्रेस नेता युपी लामिछानेले भने।

पार्टीका पूर्वमहामन्त्री समेत रहेका सिंह मधुमेह र उच्च रक्तचाप समस्याबाट पनि पीडित थिए। तर नियमित शारीरिक अभ्यासमार्फत उनले मोटोपन घटाएका थिए।

हिँडडुल, जगिङ, शारीरिक कसरत र प्राणायाम गरेर स्वास्थ्यको हेरचाह गर्दै आएका थिए।

प्रकाशित मिति: १४:५७ बजे, शुक्रबार, जेठ १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्