समाजवादीका कारण गठबन्धनमा समस्या नआउने प्रधानमन्त्रीको दाबी
‘उहाँ (नेपाल) सोधेरै जानुभएको हो। माधव जीहरु हामीसँगै हुनुहुन्छ, गठबन्धन पनि तलमाथि हुन्न।’
काठमाडौं, जेठ १८ : प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत समाजवादीका कारण सत्ता गठबन्धनमा कुनै समस्या नआउने दाबी गरेका छन्।
माओवादी संसदीय दल बैठकमा शुक्रबार बजेटबारे छलफलका क्रममा प्रधानमन्त्री दाहालले यस्तो दाबी गरेका हुन्।
छलफलका क्रममा सांसदहरुले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दौडधुपबारे जिज्ञासा राखेका थिए।
एकीकृत समाजवादीका अध्यक्ष नेपाल बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा भएको बैठकमा सहभागी भएपछि राजनीतिक तहमा तरंग उत्पन्न हुँदै आएको छ।
प्रधानमन्त्री दाहालले आफ्ना सांसदहरुको जिज्ञासा मेटाउनेक्रममा आफूसँग परामर्श गरेर नेता नेपाल बूढानीलकण्ठ छलफलमा गएको बताउँदै सरकारलाई कुनै समस्या नपर्ने बताएका हुन्।
माओवादी संसदीय दल बैठकमा प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘उहाँ (नेपाल) सोधेरै जानुभएको हो। माधव जीहरु हामीसँगै हुनुहुन्छ, गठबन्धन पनि तलमाथि हुन्न।’












![रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_6837dea6-1782110104.jpg)