जलवायु परिवर्तनको असर हिमालमा धेरै, सगरमाथामा फोहोर बढेको गुनासो
‘अहिले हिउँ कम पर्ने गरेको छ जसले गर्दा हिम नदीहरु सुक्नेक्रम बढ्दो छ, पानीका क्रमहरु बढ्दो क्रममा छ,’ उनले भनिन्, ‘कुन समयमा के हुन्छ भन्ने कुरा पनि आकंलन गर्न नसक्ने अवस्था भएको छ। यसले गर्दा चौरी पाल्ने किसानहरुलाई पनि एकदमै गा¥हो भएको छ ।’
काठमाडौं, जेठ १८ : खुम्बु पासाङल्हामु गाँउपालिकाका उपाध्यक्ष टाँसी ल्हमु शेर्पाले जलवायु परिवर्तनको सबैभन्दा बढि प्रभाव हिमाली क्षेत्रमा परेको बताएकी छन्।
शुक्रबार सरोकार समितिमा बसेको बैठकमा उनले हिमालमा हिउँ कम पर्ने, हिम नदीहरु सुक्ने, पानीका मुहानहरु सुक्ने जस्ता समस्या जलवायु परिवतर्नका कारण आएको बताइन्।
‘अहिले हिउँ कम पर्ने गरेको छ जसले गर्दा हिम नदीहरु सुक्नेक्रम बढ्दो छ, पानीका क्रमहरु बढ्दो क्रममा छ,’ उनले भनिन्, ‘कुन समयमा के हुन्छ भन्ने कुरा पनि आकंलन गर्न नसक्ने अवस्था भएको छ। यसले गर्दा चौरी पाल्ने किसानहरुलाई पनि एकदमै गा¥हो भएको छ ।’
यसको साथै पर्यटनको आगमनमा पनि धेरै प्रभाव परेको भन्दै राज्यले ध्यान नदिने हो भने पर्यटन क्षेत्रलाई जोगाउन गार्हो हुने पनि उनको भनाई छ।
‘पर्यटनको आगमनमा पनि धेरै प्रभाव परेको छ । उनीहरुको सुरक्षामा पनि धेरै प्रभाव पर्ने गरेको छ। यसमा राज्यले जति ध्यान दिनुपर्ने हो त्यति ध्यान दिएको छैन्,’ उनले भने, ‘यस्तै हुने हो भने भोलि पर्यटन क्षेत्रलाई जोगाउन सक्दैनौं। स्थानीय सरकारको तर्फबाट हामीले गर्नसक्ने काम गरिरहेका छौं।’
यस्तै, बैठकमा गाइड अथवा पर्वातारोहीहरुको सहायक दावा याङ्जुम शेर्पाले नेपालको हिमालमा टेन्ट राख्न पनि नमिल्ने गरि फोहोरहरु थुप्रेको बताइन्।
उनले अरु देशको हिमाल र नेपालको हिमाल हेर्ने हो भने नेपालको हिमालमा धेरै नै फोहोर हुने भन्दै यसको समाधानको लागि केही पहल गर्नुपर्ने बताइन्।
तालिम नै नलिएका मानिस पनि हिमाल आरोहण गर्न जानेक्रम बढेको भन्दै जसका कारण अलि बढि नै खतरा हुने पनि उनको भनाइ छ।
बैठकमा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको असर एवं असर न्यूनीकरणका उपायहरु, सगरमाथा क्षेत्रमा देखिएका समस्या, चुनौती, अवसर एवं आगामी कार्यदिशा बारे छलफल भएको थियो।












![रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_6837dea6-1782110104.jpg)