Kathmandu Press

६० किलो सुन तस्करीको आरोपमा लामा पक्राउ

काभ्रेको तेमाल गाउँपालिका घर भएका लामालाई शुक्रबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लाजिम्पाटबाट पक्राउ गरेको हो।
६० किलो सुन तस्करीको आरोपमा लामा पक्राउ

काठमाडौं, जेठ १८ :  ६० किलोभन्दा बढी सुन तस्करी गरेको आरोपमा कान्छामान भनेर चिनिने काभ्रेका थर्कमान लामा पक्राउ परेका छन्।

काभ्रेको तेमाल गाउँपालिका घर भएका लामालाई शुक्रबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लाजिम्पाटबाट पक्राउ गरेको हो।

Hardik ivf

गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिंदै गरेको ६० किलोभन्दा बढी सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो।

राजश्वको अनुसन्धानपछि उक्त सुन तस्करीको अनुसन्धान सीआईबीले गरेको थियो। सुन तश्करी आयोगको छानविनका आधारमा लामाको भूमिका शंकास्पद देखिएपछि सिआइबीले पक्राउ गरेको हो।

प्रकाशित मिति: १२:५३ बजे, शुक्रबार, जेठ १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्