Kathmandu Press

‘सहकारीको बचत अपचलन गर्ने जोकोहीलाई कारवाही हुनुपर्छ’

डा. संग्रौंलाले सरकारले भर्खरै ल्याएको ठूलो आकारको बजेटले आर्थिक बृद्धिदर ६ प्रतिशतले बढ्ने घोषणा गरेपनि लगानी आउने र उत्पादन बढ्नेमा आशावादी हुन नसकिने बताउँदै बजेट कर्मकाण्डी मात्र भएको बताइन्।
‘सहकारीको बचत अपचलन गर्ने जोकोहीलाई कारवाही हुनुपर्छ’

बाँके, जेठ १८ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले उपप्रधानमन्त्री एव गृहमन्त्री रवि लामिछाने जोडिएका सहकारी संस्थाहरुको स्पष्ट छानविन हुनुपर्ने जोड दिएकी छिन्।

कांग्रेसले सदन र सडकमार्फत दबाब सिर्जना गराएर छानविन समिति बनाएको उल्लेख गर्दै सर्वसाधाराणक बचतकर्ताको रकम अपचलन गर्ने गृहमन्त्रीलगायत जोकोही कारवाहीका भागीदार बन्नुपर्ने बताइन्।

शुक्रबार बाँकेको नेपालगन्जमा आयोजित अगुवा कार्यकर्ता भेला एवम अन्तरक्रिया कार्यक्रममा उनले सहकारीको पैसा अपचलन गर्ने जोकोही कारवाहीको दायरामा आउनुपर्ने बताइन्।

Hardik ivf

‘गृहमन्त्रीले गोर्खा मिडिया नेटवर्कमा गितेन्द्रबाबु (जीबी)राईको कम्पनीबाट ऋण लगानी आएको दाबी गर्नुभएको छ तर, सर्वसाधारण बचतकर्ताको उजुरीपछि प्रहरी, सीआईबी, सहकारी कार्यालय र स्थानीय तहले गरेको छानबिन प्रतिवेदनबाट संकलित तथ्यअनुसार चार सहकारीबाट मात्र गोर्खा मिडिया नेटवर्कमा सिधै कम्तीमा ९५ करोड ८१ लाख रुपैयाँ सारिएको पुष्टि भएको छ ,’ उलने भनिन्, ‘सहकारीको ८० करोड ३१ लाख रुपैयाँ सार्दा रवि लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिका सेयरधनी सञ्चालक र प्रबन्ध निर्देशक रहेको स्पष्ट छ । त्यसको छानविन हुनुपर्छ।’

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट कम्तीमा १० करोड रुपैयाँ र साहारा चितवन सहकारीबाट कम्तीमा ११ करोड ७१ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको खातामा सारिएको विवरण सप्रमाण प्रकाशित भइसकेकाले यसको स्पष्ट छानविन हुनुपर्नेमा उनको जोड थियो।

डा. संग्रौंलाले सरकारले भर्खरै ल्याएको ठूलो आकारको बजेटले आर्थिक बृद्धिदर ६ प्रतिशतले बढ्ने घोषणा गरेपनि लगानी आउने र उत्पादन बढ्नेमा आशावादी हुन नसकिने बताउँदै बजेट कर्मकाण्डी मात्र भएको बताइन्।

उनले बजेटमा केही सुधार नभएकमो बताउँदै कनिका छर्ने प्रबृत्तिको बजेट आएको बताइन् । बजेटमा आफ्ना कार्यकर्ता र समर्थकबाट आएका योजना प्राथमिकतामा परेको उनले बताइन्।

उनले कांग्रेस अब जनताको घरदैलोमा पुगेर वास्तविक समस्या बुझ्ने र आवाज उठाउने अभियानमा जुटेको बताइन्। ।

सत्ता गठबन्धन विधि, कानुन र प्रक्रिया मिचेर निरंकुशतातर्फ उन्मुख रहेको उल्लेख गर्दै सर्वसत्तावाद स्वीकार्य नहुने चेतावनी दिइन्।

उनले कांग्रेसले अब जनतालाई विकाससँग जोडेर र जनताका हरेक समस्याहरुको समाधान गरेर अघि बढ्नुपर्ने धारणा राखिन्।

प्रकाशित मिति: १२:५१ बजे, शुक्रबार, जेठ १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्