बचतकर्ताको ८ अर्ब अपचलन गरेर फरार कान्तिपुर र पशुपति सेभिङका अध्यक्ष सिबी लामा पक्राउ
लामामाथि कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप लागेको छ।
काठमाडौं, जेठ १८ : बचतकर्ताको ८ अर्ब बढी रकम अपचलन गरेर फरार रहेका कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ र पशुपति सेभिङ एन्ड क्रेडिटका तत्कालीन अध्यक्ष सिबी लामा पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई चितवनकाे भारतीय सीमा छेउबाट पक्राउ गरेको हो।
लामामाथि कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप लागेको छ।
लामाले सहकारीको पैसा कान्तिपुर अस्पताल, पेन्टागन कलेज, रोयल थाई रेस्टुरेन्ट, स्तुपा रिसोर्ट नगरकोट, जाम्बला रिसोर्ट हलेसीलगायतमा लागनी गरेका छन्।
प्रकाशित मिति: ११:१२ बजे, शुक्रबार, जेठ १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_6837dea6-1782110104.jpg)