हुरीले उडाएको धारिलो जस्ताले एक जनाको मृत्यु
विन्ध्वासिनी गाउँपालिका–२ का गुबेरी साहको हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेको ज्यान गएको हो।
पर्सा, जेठ १८ : हुरीबताससहितको बिहीबारको वर्षाले एक सय सात वर्षीय वृद्धको ज्यान गएको छ।
विन्ध्वासिनी गाउँपालिका–२ का गुबेरी साहको हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेको ज्यान गएको हो।
घरमा बसिरहेका उनी धारिलो जस्ताले लाग्दा गम्भीर घाइते भएका थिए। उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो।
हुरीका कारणले पर्साको बहुदरमाई गाउँपालिका–७ बहुवनमा रहेको एनसेलको टावर ढलेर एकजना घाइते भएका छन्। घाइते हुनेमा ६० वर्षीय जोगेन्द्र महतो छन्।
सोही गाउँपालिकामा हुरीबतासका कारण चारवटा बाख्रा पनि मरेका छन्। हुरीबतासले पर्साको प्रहरी बिटका छानोसमेत उडाएको छ।
प्रकाशित मिति: १०:४४ बजे, शुक्रबार, जेठ १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार