Kathmandu Press

मकवानपुरमा बस दुर्घटना हुँदा २० जना घाइते

काँकडभिट्टाबाट नेपालगन्ज जाँदै गरेको ना ५ ख ५५१५ नम्बरको बस दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन्।
मकवानपुरमा बस दुर्घटना हुँदा २० जना घाइते

मकवानपुर, जेठ १८ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–९ ज्यामिरे सडकखण्डमा शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना भएको छ।

काँकडभिट्टाबाट नेपालगन्ज जाँदै गरेको ना ५ ख ५५१५ नम्बरको बस दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन्।

Hardik ivf

११ जना घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । ९ जना घाइतेलाई थप उपचारका निम्ति चितवन लगिएको प्रहरीले जनाएको छ।

अगाडिको पट्टा भाँच्चिँदा बस अनियन्त्रित भएर नालीमा कोल्टो परेको थियो।

प्रकाशित मिति: ०९:१९ बजे, शुक्रबार, जेठ १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्