Kathmandu Press

चार संसदीय समितिको बैठक बस्दै

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्न लागेको हो । 
चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं, जेठ १८ : संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्न लागेको हो । 

Hardik ivf

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्नेछ । 

विधायन व्यवस्थापन समितिको बैठकमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० का सिफारिस सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ । 

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आजै बस्नेछ । दिउँसो साढे १ बजे बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासनको कार्यान्वयन अवस्था र स्थलगत अध्ययन अवलोकन अनुगमनबाट देखिएका विषयहरू छलफल गर्ने कार्यसूची छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र उक्त मन्त्रालयका सचिवलाई बोलाएको छ । 

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे १० बजे बस्नेछ । जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको असर एवं असर न्यूनीकरणका उपाय, सगरमाथा क्षेत्रमा देखिएका समस्या, चुनौती, अवसर एवं आगामी कार्यदिशा छलफको कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: ०७:३८ बजे, शुक्रबार, जेठ १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्