Kathmandu Press

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

गोरखाको पालुङटार नगरपालिका–३ निवासी देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उक्त पदमा नियुक्त गरेका हुन् । यसअघि पनि उनी आयोगको उपाध्यक्ष नियुक्त भएका थिए । 
गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

गण्डकी, जेठ १८ : गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन् । 

गोरखाको पालुङटार नगरपालिका–३ निवासी देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उक्त पदमा नियुक्त गरेका हुन् । यसअघि पनि उनी आयोगको उपाध्यक्ष नियुक्त भएका थिए । 

Hardik ivf

दक्षिण कोरियाको क्योङपुक नेसनल युनिभर्सिटीबाट भूगर्भशास्त्रमा विद्यावारिधि गर्नुुभएका देवकोटा हाल ‘ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसिप्लिनरी स्डडिज’ (जिआइइएस) मा आवद्ध छन् ।

उनलाई बिहीबार नै मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ गराए ।

प्रकाशित मिति: ०७:२६ बजे, शुक्रबार, जेठ १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्