Kathmandu Press

मधेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने तीन दलबीच सहमति

एमाले संसदीय दलका नेता सरोजकुमार यादव, जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
मधेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने तीन दलबीच सहमति

धुनषा, जेठ १७ : मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बानाउन नेकपा एमाले र नेकपा माओवादी केन्द्र तयार भएका छन्।

बिहीबार बसेको एमाले, माओवादी र जनमत पार्टीको बैठकले जनतम पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको हो।

Hardik ivf

एमाले संसदीय दलका नेता सरोजकुमार यादव, जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

सहमति अनुसार एकीकृत समाजवादी र लोसपा पनि सरकार सहभागी हुने बताइएपनि यी दुवै दलले सहमति पत्रमा हस्ताक्षर भने गरेका छैनन्।

वैशाख ३०मा एमाले र माओवादीले मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनुपर्ने अवस्थामा छन्।

१०७ सदस्यीय प्रदेशसभामा बहुमत पु¥याउनका लागि ५४ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेको सभामुखबाहेक २४, जनमतको १३, माओवादीको ९, लोसपाका र समाजवादीका ७ सांसद छन्।

प्रकाशित मिति: २०:०३ बजे, बिहीबार, जेठ १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्