Kathmandu Press

राष्ट्रपति पौडेल स्वीटजरल्याण्ड र जर्मनी भ्रमणमा जाने

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन आगामी ३१ जेठदेखि हुने राष्ट्रपतिको भ्रमण स्वीकृत गरेको जानकारी दिइन्।
राष्ट्रपति पौडेल स्वीटजरल्याण्ड र जर्मनी भ्रमणमा जाने
Hardik ivf

काठमाडौं, जेठ १७ : राष्ट्रपति रामचन्द्र पौडेलको स्वीटजरल्याण्ड र जर्मनी भ्रमण तय भएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन आगामी ३१ जेठदेखि हुने राष्ट्रपतिको भ्रमण स्वीकृत गरेको जानकारी दिइन्।

राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ३१ जेठमा स्वीटजरल्याण्डको जेनेभा जानेछन्। त्यसपछि राष्ट्रपति पौडेल जर्मनी भ्रमणमा पनि जानेछन्।

प्रकाशित मिति: १८:४३ बजे, बिहीबार, जेठ १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्