Kathmandu Press

मापसेमा परेका चालकलाई सडकमा ठिंग्याउने कार्य कानुनविपरित : खतिवडा

‘अहिले कानुनी राज्य भनेको राणा शासन होइन । जंगेको शासन होइन। फेसबुकबाट निर्देशन दिने अनि त्यसपछि कानुनविपरीत नागरिकहरुलाई सडकमा उभ्याउने काम गलत छ,’ खतिवडाले भने, ‘यो पद्धतिको विरुद्धमा हामीले आवाज उठाउनुपर्नेछ।’
मापसेमा परेका चालकलाई सडकमा ठिंग्याउने कार्य कानुनविपरित : खतिवडा

काठमाडौं, जेठ १७ : नेपाली कांग्रेसका नेता एवम् संसदको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले मापसे गरेर सवारीसाधन चलाउनेलाई सडकमा ठिंग्याउने कार्य कानुनविपरीत भएको बताएका छन्।

खतिवडाले गृह मन्त्रीको सनकका भरमा मापसे गर्ने नागरिकहरुलाई दिनभर सडकमा ठिंग्याउन नपाइने बताए।

Hardik ivf

‘कानुनी राज्य भनेको कसैको सनकका भरमा जतिखेर जे पायो त्यही निर्णय गर्ने होइन। अहिले सडकमा केही मान्छेहरुलाई कुनै मन्त्रीको निर्देशनमा, कुनै उप्रधानमन्त्रीको निर्देशनमा बिहानदेखि बेलुका ठिंग्याएर राख्ने पद्धति कानुनबिना यो सरासर गलत छ,’ बिहीबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै खतिवडाले भने।

सभापति खतिवडाले गृहमन्त्री लामिछानेको उक्त निर्णय वैयक्तिक अधिकारमाथिको हनन् भएको टिप्पणी समेत गरे। फेसबुकबाट निर्देशन दिएका भरमा नागरिकलाई सडकमा उभ्याउन नपाइने पनि उनले बताए।

मापसेका नाममा सडकमा ठिंग्याएर राख्ने कार्य वैयक्तिक अधिकारमाथिको हनन् समेत रहेको दाबी खतिवडाको छ ।

‘अहिले कानुनी राज्य भनेको राणा शासन होइन । जंगेको शासन होइन। फेसबुकबाट निर्देशन दिने अनि त्यसपछि कानुनविपरीत नागरिकहरुलाई सडकमा उभ्याउने काम गलत छ,’ खतिवडाले भने, ‘यो पद्धतिको विरुद्धमा हामीले आवाज उठाउनुपर्नेछ।’

प्रकाशित मिति: १८:३६ बजे, बिहीबार, जेठ १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्