Kathmandu Press

एसिड आक्रमण पीडितलाई राहत क्षतिपूर्ति कोषबाट दिइने

एसिड आक्रमण पीडितहरुको क्षतिपूर्ति सम्बन्धमा भएको छलफलमा उनले एसिड आक्रमणका घटना आफैंमा संवेदनशील विषय भएकाले ढिला नगरी सरकारले क्षतिपूर्तिका लागि पहलकदमी लिने उनले बताए।
एसिड आक्रमण पीडितलाई राहत क्षतिपूर्ति कोषबाट दिइने

काठमाडौं, जेठ १७ : कानुनमन्त्री पदम गिरीले एसिड आक्रमण पीडितहरुको क्षतिपूर्तिको समस्या क्षतिपूर्ति कोषबाट समाधान गर्ने बताएका छन्।

सिंहदरबारमा बिहीबार महिला तथा सामाजिक मामिला समितिमा एसिड आक्रमण पीडितहरुको क्षतिपूर्ति सम्बन्धमा भएको छलफलमा उनले एसिड आक्रमणका घटना आफैंमा संवेदनशील विषय भएकाले ढिला नगरी सरकारले क्षतिपूर्तिका लागि पहलकदमी लिने उनले बताए।  

Hardik ivf

‘सांसदले केही बिरामी भयो भने तत्काल उपचार गर्न त्यहाँबाट पाउने प्रबन्ध मिलाइएको छ । तर एउटा चेली ११ वर्षसम्म यस्तो हुँदासम्म क्षतिपूर्ति नपाउने यो कुरा धेरै नै दुःखद् विषय हो । हामीले कानुनी व्यवस्था पनि हेर्नुपर्छ,’ उनले भने,  ‘८ वर्ष जेल भयो र क्षतिपूर्ति उपचार खर्च भराउने भनेको छ, क्षतिपूर्ति दिन्न भनेको अवस्थामा उसलाई थप सजाय अरु कसरी गर्ने त्यो कुराको पनि ऐनमा अन्योल छ भने त्यतातिर पनि हुेर्नुपर्छ। अहिले क्षतिपूर्ति कोष छ । जसरी हुन्छ यो कोषबाट यसको समस्या तत्काल हल गर्नुपर्छ।’

उनले देशमा एसिड आक्रमण गर्ने पीडकहरुलाई कारबाही गर्ने उचित कानुनसम्मको पनि प्रवर्धन नरहेको अवस्था रहेको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एसिड आक्रमण पीडित  विन्दबासिनी कंशाकार जस्ता हजारौ पीडितको न्यायका लागि ऐनमा नै व्यस्था गरेर जाने भन्दै मन्त्रिपरिषद्मा समेत यस विषयलाई गम्भीरताका साथ लाने प्रतिबद्धता उनले जनाए।

सांसद तथा एसिड आक्रमणपीडित विन्दबासिनी कंशाकारले अदालतले फैसला गरेको ११ वर्ष पुगे पनि  क्षतिपूर्ति सरकारले नदिएको बताइन। अदालतले गर्ने निर्णयमा किन यस्तो हुन्छ भन्दै उनले मन्त्री गिरीलाई प्रश्न गरिन्।

११ वर्षमा आफूले शारीरिक ,मानसिक, सामाजिक र आर्थिक रुपमा आफ्नो पीडा भोगिरहँदा पनि हाँसी हाँसी हिडिरहेको बताउँदै अब राज्यले मेरो लागि के गर्छ भन्र्दै थप प्रश्न गरिन्।

प्रकाशित मिति: १८:१८ बजे, बिहीबार, जेठ १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्