Kathmandu Press

मापसेको निर्णयमा प्रश्टीकरणका लागि गृहमन्त्रीलाई समितिमा डाकियो

मापसेसहित ट्राफिक नियम उल्लंघनको कारबाहीमा परेकालाई ट्राफिक मापसेसहित ट्राफिक नियम उल्लंघनको कारबाहीमा परेकालाई स्वयंसेवक बनाउने गरी भएको निर्णय कुन कानुन अनुसार गरेको हो भनेर स्पष्ट गर्न लामिछानेलाई शुक्रबारका लागि समितिमा डाकिएको छ
मापसेको निर्णयमा प्रश्टीकरणका लागि गृहमन्त्रीलाई समितिमा डाकियो

काठमाडौं, जेठ १७ : संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले ट्राफिक स्वयंसेवक बनाउने बिषयमा छलफलका लागि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाएको छ।

गृह मन्त्रालयले मापसेसहित ट्राफिक नियम उल्लंघनको कारबाहीमा परेकालाई ट्राफिक मापसेसहित ट्राफिक नियम उल्लंघनको कारबाहीमा परेकालाई स्वयंसेवक बनाउने गरी भएको निर्णय कुन कानुन अनुसार गरेको हो भनेर स्पष्ट गर्न लामिछानेलाई शुक्रबारका लागि समितिमा डाकिएको छ। बिहीबार बसेको समिति बैठकले उक्त निर्णय लिएको हो।

Hardik ivf

लामिछानेले गणतन्त्र दिवशका दिन जेठ १५ गते ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वयंसेवक परिचालनबाट ट्राफिक व्यवस्थापन गर्ने घोषणा गरेका थिए। सोही आधारमा बुधबारदेखि नै ट्राफिक प्रहरीले कारबाहीमा परेकाहरूलाई स्वयम् सेवाका लागि सडकमा उतारेको छ।

मापसेमा कारबाहीमा परेकाहरूलाई सडकमा उतार्ने कानुनी व्यवस्था नरहेको भन्दै प्रश्न उठिरहेको छ ।

सुशासन समितिको छलफलमा बोल्नेक्रममा अधिकांस सदस्यहरुले कारबाही कानुनबमोजिम हुनुपर्ने धारणा राखेको जनाइएको छ।

त्यसपछि गृहमन्त्री लामिछानेलाई समितिमा बोलाएर प्रश्टीकरण लिने समझदारी बनेको हो।

प्रकाशित मिति: १६:५९ बजे, बिहीबार, जेठ १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्