Kathmandu Press

अत्याधिक गर्मीका कारण धनगढीमा विद्यालयलाई बिदा दिइयो

उपमहानगरपालिकाले एक सूचना जारी गर्दै बर्खे बिदाबाट कट्टा हुनेगरी नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिइएको जनाएको छ।
अत्याधिक गर्मीका कारण धनगढीमा विद्यालयलाई बिदा दिइयो

काठमाडौं, जेठ १७ : अत्यधिक गर्मीका कारण धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयलाई एक साता बिदा दिएको छ।

धनगढी उपमहानगरपालिकाले शुक्रबारदेखि लागू हुनेगरी २४ जेठसम्मका लागि विद्यालयलाई बिदा दिने निर्णय गरेको हो।

उपमहानगरपालिकाले एक सूचना जारी गर्दै बर्खे बिदाबाट कट्टा हुनेगरी नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिइएको जनाएको छ।

अत्यधिक गमी बढेपछि बालबालिकाको स्वास्थमा पर्न सक्ने असरलाई ख्याल गर्दै बिदा दिइएको हो। बुधबार धनगढीमा २८ वर्ष यताकै बढी ४३.३६ डिग्री तापक्रम मापन गरिएको छ ।

 

प्रकाशित मिति: १६:२८ बजे, बिहीबार, जेठ १७, २०८१