राज्य व्यवस्था समितिबाट संवैधानिक परिषदसम्बन्धी विधेयक पारित
उनले विभिन्न विवादतर्क वितर्क गरेतापनि सहमतिमा पुग्ने परम्पराले नै राज्य व्यवस्था समितिले दोस्रो विधेयक पारित गर्न सफल भएको बताए।
काठमाडौं, जेठ १७ : राज्य व्यवस्था तथा सुशासन समितिबाट संवैधानिक परिषद (काम,कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन,२०६६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ
बिहीबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तरर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले विधेयक सर्वसम्मत रुपमा पारित गरेको सभापति रामहरी खतिवडाले जानकारी दिए।
‘संवैधानिक परिषद (काम,कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन,२०६६ लाई संशोधन गर्न बनेको विधेयक परिमार्जन सहित सर्वसहमत रुपमा पारित भएको जानकारी गराउँछु,’ उनले भने ।
उनले विभिन्न विवादतर्क वितर्क गरेतापनि सहमतिमा पुग्ने परम्पराले नै राज्य व्यवस्था समितिले दोस्रो विधेयक पारित गर्न सफल भएको बताए।
संवैधानिक परिषद्ले कुनैपनि निर्णय गर्नुपर्दा कसरी गर्ने भन्ने विषयमा यसअघि विवाद रहँदै आएको थियो।
प्रकाशित मिति: १४:०३ बजे, बिहीबार, जेठ १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












