Kathmandu Press

अहिले कांग्रेस सरकारमा जाँदैन : नेता निधि

‘कांग्रेस प्रतिपक्षको भूमिकामा रहन्छ । हामी पार्टीलाई सङ्गठन सुद्धिकरण अभियानमा लैजाने तयारीमा छौं,’ नेता निधिले भने।
अहिले कांग्रेस सरकारमा जाँदैन : नेता निधि

चितवन, जेठ १७ : नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले अहिले सरकारमा जाने कांग्रेसको कुनै योजना नभएको बताएका छन्।

चितवनमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता निधिले कांग्रेस अहिले सरकारमा नजाने उल्लेख गर्दै प्रतिपक्षको भूमिका सशक्तरुपमा निर्वाह गर्ने बताए।

Hardik ivf

‘कांग्रेस प्रतिपक्षको भूमिकामा रहन्छ । हामी पार्टीलाई सङ्गठन सुद्धिकरण अभियानमा लैजाने तयारीमा छौं,’ नेता निधिले भने। संसदीय प्रणालीमा लोकतान्त्रीक शक्ति सत्तापक्षमा वा प्रतिपक्षमा बस्ने उनको भनाइ छ।

फरक प्रसंगमा नेता निधिले संविधानमा मध्यावधी निर्वाचन तथा संसद् विघटन गर्ने व्यवस्था नभएको उल्लेख गरे। उनले भने, ‘मुलुक मध्यावधी निर्वाचनमा जाने स्थिति देखिएको छैन।’

मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी सहितका दलको सरकार बन्ने सम्भावना बढेर गएको नेता निधिको भनाइ थियो। यसबारे विषयमा छलफल सकारात्मक रुपमा भइरहेको उनले जानकारी दिए।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बन्नु कांग्रेसका लागि ठूलो सफलता भएको उनले बताए।

प्रकाशित मिति: १३:१३ बजे, बिहीबार, जेठ १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्