‘माधव नेपाल अर्को गठबन्धनमा जाने सम्भावना छैन’
‘माधवजीको व्यवहार केही पहिलादेखि प्रतिपक्षसँग पनि र सत्ता पक्षसँगपनि जोडिने जस्तो देखिएको थियो,’ दाहालले भने, ‘आज बिहान मसँग कुरा हुँदा माधवजी वर्तमान समीकरणभन्दा बाहिर नभएको र नहुने पनि कुरा क्लियर गर्नु भएको छ।’
काठमाडौं, जेठ १७ : प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल वर्तमान सत्ता गठबन्धनभन्दा बाहिर नजाने बताएका छन्।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानीमा प्रधानमन्त्री दाहालले आजै बिहान माधव नेपालसँग कुरा भएको बताउँदै उहाँ सत्ता समीकरणभन्दा बाहिर नजाने बताए।
‘माधवजीको व्यवहार केही पहिलादेखि प्रतिपक्षसँग पनि र सत्ता पक्षसँगपनि जोडिने जस्तो देखिएको थियो,’ दाहालले भने, ‘आज बिहान मसँग कुरा हुँदा माधवजी वर्तमान समीकरणभन्दा बाहिर नभएको र नहुने पनि कुरा क्लियर गर्नु भएको छ।’
बुधबार कांग्रेस सभापति शेदरबहादुर देउवाको निवास बुढानिलकण्ठमा भएको विपक्ष दलको बैठकम माधव नेपाल पनि सहभागी भएपछि नेपालले वर्तमान सत्ता गठबन्धन छोड्न लागेको चर्चा चलेको थियो। विपक्षी दलको बैठकमा मधेश सरकारका विषयमा छलफल भएको थियो।
मधेश प्रदेशमा पनि वर्तमान गठबन्धनकै सरकार बन्ने प्रधानमन्त्री दाहालले बताए।