कोरोना रोकथामको लागि रंगेली नगरपालिकामा 'प्रहरीको साथी म' कार्यक्रम सञ्चालन
मोरङ्ग, चैत्र १८ : विश्वभर महामारीको रुपमा फैलिरेको कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि रंगेली नगरपालिकाले 'प्रहरीको साथी म' ना....
मोरङ्ग, चैत्र १८ : विश्वभर महामारीको रुपमा फैलिरेको कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि रंगेली नगरपालिकाले 'प्रहरीको साथी म' नामक कार्यक्रम सञ्चालन गरेको छ। स्थानीय क्लव र प्रहरीको सहयोगमा नगरपालिकाले विभिन्न ५ स्थानमा हेल्थ डेक्स राखि स्वास्थ्यकर्मी खटाएको छ। हेल्थ डेक्सबाट समाजिक दुरी कायम राखि जनचेतनामुलक सन्देश प्रचार गरिएको छ।
नगरपालिकाले लकडाउनले असर परेको दैनिक ज्यालादारी तथा अति विपन्न परिवारलाई खाधन्न समाग्री उपलब्ध गराउन राहत प्याकेजको समेत व्यवस्था भएको छ । उक्त प्याकेज वितरणका लागि वडा स्तरीय समितिबाट तथ्याङ्क संकलन कार्य भइरहेको नगर प्रमुख दिलिप कुमार अग्रवालले बताए।
प्रकाशित मिति: १९:११ बजे, मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

