कांग्रेस जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा पौडेल मनोनीत
पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम पौडेललाई उक्त विभागको प्रमुखमा बुधबार मनोनयन गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।काठमाडौँ, जेठ १७ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा मनोनीत भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम पौडेललाई उक्त विभागको प्रमुखमा बुधबार मनोनयन गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
बागलुङ नगरपालिकाको पैयुँपाटामा २०२३ सालमा जन्मेका पौडेलले २०३६ सालदेखि नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेका हुन् । उनी २०४६ सालमा त्रिचन्द्र क्याम्पसको अध्यक्ष हुँदै सङ्घको केन्द्रीय सदस्य र महामन्त्री भएका थिए । त्यसपछि महासमिति सदस्य हुँदै पार्टीका विभिन्न तहमा रहेर उनले काम गरेका थिए ।
प्रकाशित मिति: ०८:३१ बजे, बिहीबार, जेठ १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: देउवाबुधबार, मंसिर १२, २०८१
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ: प्रवक्ता महतबुधबार, मंसिर १२, २०८१
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीचको भेटमा के भयो कुराकानी ?बुधबार, मंसिर १२, २०८१
बीआरआई ऋणमा लिनु उचित छैन : ज्ञवालीबुधबार, मंसिर १२, २०८१