Kathmandu Press

जीप दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार २ जनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको छ भने  दुईजना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पुर्‍याइएको छ । 
जीप दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते
Hardik ivf

सुर्खेत, जेठ १७ : सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार २ जनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको छ भने  दुईजना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पुर्‍याइएको छ । 

दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको उक्त कार्यालयले जनाएको छ । दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन भएको थियो । 

प्रकाशित मिति: ०८:१४ बजे, बिहीबार, जेठ १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्