गृहका २५ सहसचिवको सरुवा, १६ जिल्लाका सिडियो फेरिए, को कहाँ पुगे ? [सूचीसहित]
गृह मन्त्रालयले बुधबार अन्य मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालयअन्तर्गतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना सीडीओहरुको जिम्मेवारी हेरफेर गरेको छ।![गृहका २५ सहसचिवको सरुवा, १६ जिल्लाका सिडियो फेरिए, को कहाँ पुगे ? [सूचीसहित]](https://kathmandupress.com/uploads/posts/home ministry1663936194.jpg)
काठमाडौं, जेठ १६ : गृह मन्त्रालयले बुधबार एकै पटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ।
गृह मन्त्रालयले बुधबार अन्य मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालयअन्तर्गतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना सीडीओहरुको जिम्मेवारी हेरफेर गरेको छ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्णयअनुसार १६ जिल्लामा नयाँ सीडीओ खटाइएको छ । जसअनुसार सुनसरीमा रामचन्द्र तिवारी, मकवानपुरमा तीर्थराजन चिलुवाल, पाँचथरमा विष्णुप्रसाद कोइराला, धादिङमा राजेन्द्रदेव पाण्डे, काभ्रेमा सूर्यप्रसाद सेढाई, बर्दियामा रुद्रादेवी शर्मा, इलाममा कल्पना श्रेष्ठ प्रमुख जिल्ला अधिकारी बनेका छन्।
यस्तै, चितवनमा इन्द्रदेव यादव, सिन्धुपाल्चोकमा भुपेन्द्र थापा, भोजपुरमा नरबहादुर थापा, कञ्चनपुरमा नारायणप्रसाद सापकोटा, सर्लाहीमा गोपालकुमार अधिकारी, कास्कीमा भरतमणि पाण्डे र सप्तरीमा मेखबहादुर मग्रांती प्रजिअ बनेका छन्।
गृहमन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा सुरेश पन्थीलाई पठाएको छ भने भीष्मबहादुर भुसाललाई विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा पठाएको छ।














