Kathmandu Press

‘संविधानप्रदत्त अधिकारहरुको व्यवहारिक कार्यान्वयनमा अझै चुनौती छ’

उनले सकारात्मक परिवर्तन, सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ मुलुकलाई अघि बढाउने दायित्व सबैको काँधमा रहेको बताइन्।
‘संविधानप्रदत्त अधिकारहरुको व्यवहारिक कार्यान्वयनमा अझै चुनौती छ’

काठमाडौं, जेठ १६ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानूनले दिएको अधिकारहरु व्यवहारिक रुपमा कार्यान्वयनमा अझै चुनौतीहरु रहेको बताएकी छन्।

काठमाडौंमा बुधबार आयोजित एमालेको राष्ट्रिय महिला भेलामा उनले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भए पनि समाजमा विद्यामान पितृसत्तात्मक सोचले व्यवहारिक रुपमा कार्यान्वयनमा अझै नभएको बताइन्।

Hardik ivf

‘समाजमा आधा हिस्सा ओगटेका महिलाहरुका लागि एक तिहाइ सहभागिताको पूर्ण उपलब्धी भने भएन त्यसकारण प्राप्त उपलब्धीहरुको रक्षा गर्दै थप उपलब्धीहरुका लागि हामीले हाम्रा प्रयासहरुलाई जारी राख्नुपर्छ,’ उनले भनिन्, ‘महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित भएपनि हाम्रो समाजमा विद्यामान पितृसत्तात्मक सोच, गरिबी, अशिक्षा, अन्धविश्वास र कुप्रथाका कारण संविधान र कानुनले दिएको अधिकारहरुको व्यवहारिक कार्यान्वयनमा अझै चुनौतीहरु बाँकी नै रहेका छन्।’

उनले सकारात्मक परिवर्तन, सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ मुलुकलाई अघि बढाउने दायित्व सबैको काँधमा रहेको बताइन्।

‘वर्तमान नेपालको संविधानले जनताका आधारभूत अधिकारहरुलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको सन्दर्भमा अब संविधानमा आधारित मौलिक हकको व्यवहारिक कार्यान्वयन मार्फत जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन, सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशा तर्फ मुलुकलाई अघि बढाउने दायित्व रहेको छ,’ उनले भनिन्।

मुलुकको व्यापार घाटालाई कम गर्नुपर्ने भन्दै त्यसको लागि कृषि, वन पैदावार र जडिबुटिमा आधारित उत्पादनको वृद्धि, निर्यात प्रवद्र्धन, पर्यटन प्रवर्धन र जलविद्युतको स्वदेशी खपतमा जोड दिनुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति: १९:५५ बजे, बुधबार, जेठ १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्