Kathmandu Press

हाजिरी जमानतमा छुटे कैलाश सिरोहिया

अनुसन्धानका लागि आवश्यक परेका बेलामा उपस्थित हुनुपर्ने सर्तमा सिरोहियालाई प्रहरीले बुधबार अपरान्ह छाडेको हो।
हाजिरी जमानतमा छुटे कैलाश सिरोहिया

काठमाडौं, जेठ १६ : नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा छुटेका छन्।

अनुसन्धानका लागि आवश्यक परेका बेलामा उपस्थित हुनुपर्ने सर्तमा सिरोहियालाई प्रहरीले बुधबार अपरान्ह छाडेको हो। सिरोहियालाई उनकै छोरा सम्भव सिरोहियाको जमानतमा छोडिएको प्रहरीले जनाएको छ।

Hardik ivf

सिरोहिया नागरिकताबारे अनुसन्धान गर्न प्रहरीले तीन पटक म्याद थप गरि नौ दिन थुनामा राखेको थियो।

नागरिकता विवादमा छानबिनका लागि उनलाई गत साता काठमाडौंको थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्सको केन्द्रीय कार्यालयबाट प्रहरीले पक्राउ गरेर जनकपुर लगेको थियो। स्वास्थ्यमा समस्या भएपछि उनलाई मंगलबार हेलिकोप्टरबाट काठमाडौंको मेडिसिटी अस्पताल ल्याइएको थियो।  

सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते प्रहरीमा जाहेरी परेको थियो । जाहेरी परेको झण्डै २० दिनपछि प्रहरीले धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो।

 

प्रकाशित मिति: २०:३३ बजे, बुधबार, जेठ १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्