कोरोना संक्रमितको उपचार व्यवस्था मिलाउन निजी अस्पताललाई सर्वोच्चको आदेश
काठमाडौं, चैत १८ : निजी अस्पतालहरुलाई बिना शर्त कोरोनाभाइरस संक्रमित व्यक्तिको उपचार गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
मंगलबार आदेश ....

काठमाडौं, चैत १८ : निजी अस्पतालहरुलाई बिना शर्त कोरोनाभाइरस संक्रमित व्यक्तिको उपचार गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
मंगलबार आदेश जारी गर्दै अदालतले निजी अस्पतालले कुनैपनि बहानामा कोरोना भाइरस संक्रमितको उपचार गर्नबाट पन्छिन नपाइने भन्दै उपचार व्यवस्था मिलाउन आदेश दिएको हो।
न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले सर्वोच्च अदालत बार एशोसिएसनको तर्फबाट अधिवक्ता पुष्पराज पौडेलले दायर गरेको रिटमा सुनुवाई गर्दै कुनै पनि निजी स्वास्थ्य संस्थालाई कुनै पनि बाहानाा कोरोना संक्रमितको उपचार गर्नबाट पञ्छिन र यस उपचारको कार्यबाट विमुख हुने अधिकार नभएको भन्दै उपचार व्यवस्था मिलाउन अन्तरिम आदेश दिएको हो।
’निजी स्वास्थ्य संस्थामा उपलब्ध भएसम्मको बेड, आईसीयू कक्ष, भेन्टिलेटरलगायतका कोरोना भाइरसको उपचारको लागि आवश्यक पर्ने सेवा लिन आवश्यक व्यवस्था मिलाउनु र स्वास्थ्य सेवामा संलग्न चिकित्सक, परिचारिका, एम्बुलेन्स चालक, सफाइ श्रमिकलगायतको सुरक्षाको यथोचित प्रवन्ध मिलाउनू,’आदेशमा भनिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई दायर गरिएको रिटमा निवेदक पौडेल, सरोजकृष्ण घिमिरेसहित वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अघिकारी, अधिवक्ता पूर्णिमा रिमाल गुरागाई, टीकाराम भट्टराई, राजु खड्कालगायतले बहस गरेका थिए।













