Kathmandu Press

जनस्वास्थ्य कार्यालय काभ्रेद्वारा नसर्ने रोगको स्वास्थ्य परिक्षण र परामर्श सेवा

उच्च रक्तचाप, मधुमेह आदि समस्या पहिचानको लागि गरिएको परिक्षणमा १ सय ६० जनाले सेवा लिएको कार्यक्रम संयोजक समेत रहेका परिवार नियोजन अधिकृत पद्मराज कैनीले जानकारी दिए।
जनस्वास्थ्य कार्यालय काभ्रेद्वारा नसर्ने रोगको स्वास्थ्य परिक्षण र परामर्श सेवा

काभ्रे, जेठ १६ : जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले नसर्ने रोगको स्वास्थ्य परिक्षण तथा परामर्श सेवा प्रदान गरेको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेको सहआयोजनामा गणतन्त्र दिवस २०८१ को सन्दर्भ समेत पारेर ‘मे मेजरमेन्ट मन्थ’ अभियान २०८१ अन्तर्गत स्वास्थ्य परिक्षण एवं परामर्श सेवा प्रदान गरिएको जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले जानकारी दिइन्।

7VLA7fO1-1716993294.jpg

उच्च रक्तचाप, मधुमेह आदि समस्या पहिचानको लागि गरिएको परिक्षणमा १ सय ६० जनाले सेवा लिएको कार्यक्रम संयोजक समेत रहेका परिवार नियोजन अधिकृत पद्मराज कैनीले जानकारी दिए। उनका अनुसार, परिक्षण गराएका मध्ये १५ लाई उच्च रक्तचाप र ३३ जनालाई मधुमेहको समस्या देखिएकोले थप परिक्षणको लागि परामर्श प्रदान गरिएको छ ।

स्वास्थ्य परिक्षणमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले अति आवस्यक र राम्रो कार्यक्रम आयोजना गरेको भन्दै प्रशंसा गरे।

प्रकाशित मिति: २०:२० बजे, बुधबार, जेठ १६, २०८१