Kathmandu Press

‘चुनावपछि एमालेलाई टस बालेर खोज्नुपर्छ भन्नेहरुलाई नै अहिले टस बालेर खोज्नुपर्छ’

टर्च बालेर खोज्दा एमाले भेटिदैन भन्नेहरु अहिले टर्च बालेर मात्र भेटिने भन्दै उनले व्यंग्य गरे। एमाले सबल अवस्थामा पुग्नुमा महिलाहरुको असाधारण भूमिका रहेको उनले बताए।
‘चुनावपछि एमालेलाई टस बालेर खोज्नुपर्छ भन्नेहरुलाई नै अहिले टस बालेर खोज्नुपर्छ’

काठमाडौं, जेठ १६ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले चुनावपछि एमाले भेटिदैन भन्नेहरु अहिले वेपत्ता रहेको भन्दै व्यंग्य गरेका छन्।

काठमाडौंमा बुधबार एमालेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै उनले देवासुर संग्राममा देवीहरु मैदानमा उत्रिएजस्तै एमालेका तर्फबाट महिलाहरु मैदानमा उत्रिएर पार्टीलाई जोगाएको बताए।  

‘धेरैले भने चुनावपछि टर्च बालेर हेरे पनि एमाले भेटिँदैन, धुलो पिठो बनाइदिन्छौं र एकथरी भने अलि खुलस्त लागे, धेरैथरी लागे नेकपा एमालेलाई ध्वस्त पार्न,’ उलने भने, ‘तर, देवासुर संग्राममा देवीहरु मैलदानमा उत्रिएको जस्तै नेकपा एमालेको तर्फबाट देवीहरु मैदानमा उत्रिए सबै सखाप।’

Hardik ivf

अध्यक्ष ओलीले टर्च बालेर खोज्दा एमाले भेटिदैन भन्नेहरु अहिले टर्च बालेर मात्र भेटिने भन्दै उनले व्यंग्य गरे। एमाले सबल अवस्थामा पुग्नुमा महिलाहरुको असाधारण भूमिका रहेको उनले बताए।

उनले अहिलेको व्यवस्था परिवर्तन भए तापनि अवस्था जहाँको तहीँ छ भन्ने गलत भाष्य निर्माण भइरहेको बताए । विगतमा भएका संघर्ष, लडाइँलाई अहिलेको पुस्ताले मूल्यांकन गर्न नसकेको उनको जिकिर छ।

‘अहिले अवस्था जहाँको तहीँ छ भन्ने होइन । एउटा गलत शब्दावलीको प्रयोग भइराखेको छ अहिले नेपालमा व्यवस्था परिवर्तन भयो, अवस्था जहाँको तहीँ छ भन्ने । भर्खर आएको केटाकेटीले के देख्नु के, अवस्था कहाँ थियो, कहाँबाट कहाँ आइपुगियो भनेर ? कति संघर्ष गरेर, कति लडाइँ गरेर कुन अवस्था पार गरेर यहाँसम्म कुन बलिदान दिएर यहाँ आइएको छ, अवस्था उस्ता उस्तै रे । कहाँ छ उस्ता उस्तै छ ? महिलाको उपस्थिति संसदमा ३३ प्रतिशत छ,’ ओलीले भने।

सहकारी संस्थाहरु संकटमा परेको प्रसंगमा उनले गलत तत्वले सहकारीलाई माध्यम बनाएर ठगी गरेको आरोप उनले लगाए। गैरसहकारीवालाहरु, ठगेर खानेहरू प्रवेश गरेको हुनाले केही ठूला सहकारी समेत बदनाम भएको उनले बताए।

‘अहिले सहकारीमा गैरसहकारीवालाहरु, सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरू प्रवेश गरेको हुनाले केही सहकारी ठूला सहकारी बदनाम भएको छ । त्यहाँ समस्याग्रस्त भएको छ,’ उनले भने, ‘ती संकटग्रस्त छन्। तर, साँच्चैको सहकारीहरू संकटग्रस्त हुँदैनन्, आफ्नो नियम पालना गरेर अगाडि बढ्नुपर्छ, कुनै समस्या हुँदैनन्।’

 

प्रकाशित मिति: १९:२१ बजे, बुधबार, जेठ १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्