Kathmandu Press

बुढानीलकण्ठमा विपक्षी दलको बैठक, माधव नेपाल पनि सहभागी

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवासँगै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर छन्। यस्तै, सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहभागी छन्।
बुढानीलकण्ठमा विपक्षी दलको बैठक, माधव नेपाल पनि सहभागी

काठमाडौं, जेठ १६ : बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा विपक्षी दलहरूको बैठक बसिरहेको छ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवासँगै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर  छन्। यस्तै, सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहभागी छन्।

Hardik ivf

नेपाल, यादव र ठाकुर पार्टीका अन्य नेताहरुसहित छलफलका लागि बुढानिलकण्ठस्थित कांग्रेस सभापति देउवाको निवास पुगेका थिए ।

बैठकमा मधेश प्रदेशमा वैकल्पिक गठबन्धनको सरकार बनाउनेसहित समसामयिक राजनीतिक विषयहरुमा छलफल भएको बताइएको छ। योसँगै पहिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको बताएको छ।

केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि मधेशमा पनि मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा छन्। यादवले विश्वासको मत लिने तयारी गरिरहेका बेला जसपा नेपालले कांग्रेससहित अन्य दलसँग मिलेर सरकार बनाउने प्रयास गरिरहेको हो ।

मधेश प्रदेशसभामा कांग्रेसका २२, जसपा नेपालका १९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ गरी ५६ सांसद छन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ।

प्रकाशित मिति: १९:१२ बजे, बुधबार, जेठ १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्