Kathmandu Press

मुख्यमन्त्री पाण्डेसँगै २ मन्त्रीले दिए शपथ

मुख्यमन्त्री पाण्डेलाई बुधबार अपरान्ह प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराएका थिए।
मुख्यमन्त्री पाण्डेसँगै २ मन्त्रीले दिए शपथ

कास्की, जेठ १६ : गण्डकी प्रदेशका नवनियुक्र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन्।

मुख्यमन्त्री पाण्डेलाई बुधबार अपरान्ह प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराएका थिए।

Hardik ivf

सोमबार सर्वोच्च अदालतले खगराज अधिकारीको नियुक्त बदर गर्दै नेपाली कांग्रेसका गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। सोही बमोजित प्रदेश प्रमुख भट्टले पाण्डेलाई बुधबार दिउँसो मुख्यमन्त्री नियुक्त गरेका थिए।

मुख्यमन्त्री पाण्डेले ३ सदस्यीय मन्त्रिमण्डल पनि विस्तार गरेका छन्। उनले डा. टकराज गुरुङलाई अर्थमन्त्री र विन्दूकुमार थापालई समाजिक विकास मन्त्री बनाएका छन्। दुवै जना कांग्रेसका हुन्।

गुरुङ र थापाले पनि आजै शपथ ग्रहण गरेका छन्।

प्रकाशित मिति: १७:५० बजे, बुधबार, जेठ १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्