Kathmandu Press

वैदेशिक रोजगारीमा तीन वर्षमा चार हजारको मृत्यु

बोर्डको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० को अवधिमा वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिककाे मृत्यु भएकाे हाे।
वैदेशिक रोजगारीमा तीन वर्षमा चार हजारको मृत्यु

काठमाडौं, जेठ १६ : वैदेशिक रोजगार बोर्डको एउटा तथ्याङ्कले तीन बर्षमा चार हजार नेपाली श्रमिकको विदेशमा मृत्यु भएको कहालिलाग्दो तथ्याङ्क उजागर गरेको छ।

बोर्डको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० को अवधिमा वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिककाे मृत्यु भएकाे हाे। यस अवधिमा आठ सय ७० अङ्गभङ्ग तथा बिरामी भएका थिए।

Hardik ivf

वैदेशिक रोजगारीमा गएका नेपाली कामदार सम्बन्धित देशको हावापानी, कामको चाप, मदिरा सेवन, कामदारवीच झैझगडा, परिवारिक तनाव, स्थानीय कानुनको जानकारीको अभाव, मेसिनरी औजारको सञ्चालनमा हुने प्राविधिक त्रुटि, ट्राफिक दुर्घटना, विरामी, कार्यस्थल दुर्घटना, जलेर, निस्सासियर, डुबेरलगायतका कारणले मृत्यु, अङ्गभङ्ग तथा बिरामी परेको तथ्याङ्कमा उल्लेख छ।

यस वर्ष भएको कुल मृत्यु एक हजार २५० मध्ये मलेसियामा २७.९६ प्रतिशत, साउदी अरबमा २६.३६ प्रतिशत, संयुक्त अरब इमिरेट्समा १७.९८ प्रतिशत, कतारमा १७.२३ प्रतिशत, कुवेतमा ६.०४ र अन्य देशमा ४.४३ प्रतिशत रहेको छ।

विगत पाँच वर्षको अवधिमा पाँच हजार पाँच सय ११ जना मृतक श्रमिकका परिवारलाई तीन अर्ब तीन करोड ९८ लाख रुपैयाँ र १५ अङ्गभङ्ग तथा बिरामी श्रमिकतर्फ ४३ करोड ८४ लाख ७२ हजार आर्थिक सहायता उपलब्ध गराइएको छ।

प्रकाशित मिति: १७:०० बजे, बुधबार, जेठ १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्