Kathmandu Press

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’बारे मन्त्रालयमै हाँसिमजाक छ : मन्त्री चौधरी

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम बनाइरहँदा मन्त्रालयमै पनि हाँसिमजाक गर्ने कुरा आयो । नीति तथा कार्यक्रममा पनि प्रधानमन्त्री छोरी आत्मनिर्भरको कार्यक्रम आयो, त्यतिखेर प्रतिपक्ष दल मात्र नभइ सत्तापक्ष दलदेखि सबैले हाँसेर प्रधानमन्त्रीलाई पनि हँसाइदिनु भयो,’ मन्त्री चौधरीले भनिन् ।
‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’बारे मन्त्रालयमै हाँसिमजाक छ : मन्त्री चौधरी

काठमाडौं, जेठ १६ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लाई लिएर असन्तुष्टि व्यक्त गरेकी छन्।

उक्त कार्यक्रमको वजेटलाई लिएर मन्त्रालयमै हाँसिमजाक भएको भनाई मन्त्री चौधरीको छ।

Hardik ivf

ललितपुरमा बुधबार आयोजित छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री चौधरीबाट यस्तो असन्तुष्टि आएको हो। उक्त कार्यक्रमका लागि थोरै बजेट विनियोजन गरेको भन्दै मन्त्री चौधरीले आपत्ति समेत जनाइन्।

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम बनाइरहँदा मन्त्रालयमै पनि हाँसिमजाक गर्ने कुरा आयो । नीति तथा कार्यक्रममा पनि प्रधानमन्त्री छोरी आत्मनिर्भरको कार्यक्रम आयो, त्यतिखेर प्रतिपक्ष दल मात्र नभइ सत्तापक्ष दलदेखि सबैले हाँसेर प्रधानमन्त्रीलाई पनि हँसाइदिनु भयो,’ मन्त्री चौधरीले भनिन्, ‘कस्तो छ हाम्रो सोचाई भन्ने हो।’

आगामी आर्थिक वर्षको बजेटमा ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ का लागि १० करोड रुपैयाँ छुट्याइएको छ। मन्त्री चौधरीले बजेट बढी विनियोजन गर्न पटकपटक आग्रह गरेको भएपनि बजेट विनियोजन नभएको दुखेसो समेत गरिन्।

‘बढी आउला की बजेट भन्ने सोचेका थियौँ। तर हेर्नुस् विचरा १० प्रतिशत भनेको जस्तो । मलाई हिजो अलि अलग किसिमको ग्लानी भयो,’ उनले भनिन्।

 

प्रकाशित मिति: १७:२१ बजे, बुधबार, जेठ १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्