Kathmandu Press

अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट लाक्पा सम्मानित, तेन्जिङ्ग हिलारी पुरस्कार ४ जनालाई

शेर्पालाई पाँच दशकदेखि पर्यटन व्यवसाय क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप सरकारले उक्त सम्मानबाट शेर्पालाई सम्मानित गरेको पुरस्कार छनोट तथा सिफारिस समितिले जनाएको छ।
अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट लाक्पा सम्मानित, तेन्जिङ्ग हिलारी पुरस्कार ४ जनालाई

काठमाडाैं, जेठ १६ : अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट लाक्पा सम्मानित, तेन्जिङ्ग हिलारी पुरस्कार ४ जनालाई सरकारले अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार २०२४बाट लाक्पा सोनाम शेर्पालाई सम्मानित गरेको छ।

७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज काठमाडौंमा आयोजित विशेष कार्यक्रममा यति एयरलाइन्स तथा थामसेर्कु ट्रेकिङका संस्थापक सोनामलाई प्रदान गरिएको हो।

शेर्पालाई पाँच दशकदेखि पर्यटन व्यवसाय क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप सरकारले उक्त सम्मानबाट शेर्पालाई सम्मानित गरेको पुरस्कार छनोट तथा सिफारिस समितिले जनाएको छ।

Hardik ivf

प्रख्यात पर्यटन व्यवसायी तथा सेभेन समिट आरोहण गर्ने पहिलो नेपाली आरोही ल्हाक्पा सोनाम शेपाले पाँच दशकदेखि नेपालको पर्वतीय पर्यटनको विकास, विस्तारमा र २५ वर्षदेखी एयरलाइन्स तथा होटल व्यवसायबाट आन्तरिक रोजगारी सिर्जना गर्नुका साथै नेपालमा विदेशी पर्यटक भित्र्याउन कार्य गर्दै आइरहेका भन्दै सरकारले सो सम्मान दिएको हो।

सोनामलाई पुरस्कार प्रदान गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आरोहीको हक हितको संरक्षण गर्न सरकारले अर्थ मन्त्रालयमार्फत एक रुपैयाँको कल्याणकारी कोष बनाउने घोषणा गरे।
अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट सम्मानित भएका शेर्पाले प्रधानमन्त्रीको घोषणाको स्वागत गर । उनले  आफूले पुरस्कारमा पाएको १ लाख रुपैयाँमा थप एक लाख रुपैयाँ थपेर २ लाख रुपैयाँ आरोही कल्याणकारी कोषमा दिने बताए।

यस्तै,  तेन्जिङ्ग हिलारी पुरस्कार २०२४ बाट चार जना सम्मानित भएका छन्। उक्त पुरस्कार दोलखाका पेमा छिरिङ्ग शेर्पा, बर्दियाका महाशेनानी सुनिल सिंह, सोलुखुम्बुका आङछिरी शेर्पा र सोलुखुम्बुकै एकल महिला सगरमाथा आरोहण दल, २०१९ लाई प्रदान गरिएको हो।

Photo-(5)-1716977584.jpeg

२३ पटक सगरमाथा र १० पटक मनास्लु हिमालको सफल आरोहण गरेका शेर्पालाई दर्जनौ हिमाल आरोहण गरी ट्रेकिङ्ग तथा माउन्टेन गाइडको रुपमा २३ वर्षदेखि पर्वतीय पर्यटनमा पुर्याएको योगदानको कदर स्वरुप सम्मान गरिएको समितिले जनाएको छ।

सन् २०१३ मा नेपाल भारत संयुक्त सगरमाथा आरोहण दलको नेतृत्व गरी आरोहण सफल पारेका सिंहले सन् २०१९ देखि सगरमाथा सफाई अभियानको सल्लाहकारको रुपमा काम गर्दै आएका छन्।

एकल महिला आरोहण दलमा आवद्ध भई फुर दिकी शेर्पा र निम डोमा शेर्पाले  सगरमाथाको सफल आरोहण गरेको प्रशंसा गर्दै सरकारले आरोहण दललाई सम्मान गरेको हो।

७ महादेशका अग्ला हिमालहरु आरोहण गरेकी आङछिरी शेर्पालाई सेभेन समटि फाउन्डेसनसंस्था स्थापना गरी आरोहण क्षेत्र र पर्वतीय पर्यटनमा विशिष्टि योगदान पुर्याएको भन्दै तेन्जिङ हिलारी प्रदान गरेको हो।

यस्तै, इतिहास शिरोमणि बाबुराम आचार्यले सगरमाथाको नेपाली नामाकरण गर्ने सम्बन्धमा महत्वपूर्ण योगदान पुर्याएकाले उनको कदरमा आचार्यकै नाममा ७५,०००÷राशीको पुरस्कार स्थापना गरी एक जनालाई सम्मान गरिने कार्यको यसै वर्षबाट सरकारले थालनी गरेको छ।

बाबुराम आचार्य सगरमाथा पुरस्कार दुई पटकसम्म सगरमाथाको आरोहण गरेका सगरमाथाको उचाई मापन (८८४८.८६ मिटर) सर्वेक्षणमा नेपालबाट नेतृत्व गरेका नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमलाई प्रदान गरिएको छ।

प्रकाशित मिति: १५:५९ बजे, बुधबार, जेठ १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्