Kathmandu Press

सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्री नियुक्त

प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।
सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्री नियुक्त

काठमाडौं, जेठ १६ : सर्वोच्चको फैसला बमोजिम सुरेन्द्रराज पाण्डेलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।

Hardik ivf

सर्वोच्च अदालतले मंगलबार खगराज अधिकारीले मुख्यमनत्रीका रुपमा विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक घोषित गर्दै पदमुक्त हुने फैसला गरेको थियो।

पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई परमादेश दिएको थियो।

Surendra-raj-pandey-gandaki-CM-1024x621-1716973904.jpg

अधिकारीले बहुमतको सरकारका लागि सभामुख कृष्ण धितालको मतलाई समेत गणना गरेर पेश गरेको दाबी अनुरुप प्रदेश प्रमुख भट्टले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

उक्त निर्णय असंवैधानिक रहेको दाबीसहित कांग्रेस नेता पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रकाशित मिति: १४:५६ बजे, बुधबार, जेठ १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्